सामूहिक राजीनामा हैन एकताका पक्षमा उभिन सांसदलाई प्रधानमन्त्री ओलीको आग्रह

सामूहिक राजीनामा हैन एकताका पक्षमा उभिन सांसदलाई प्रधानमन्त्री ओलीको आग्रह

२०७८, बैशाख २६ आइतवार

  • 1.2K
    SHARES

  • सामूहिक राजीनामा हैन एकताका पक्षमा उभिन सांसदलाई प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन।

    उनले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने अपिलमा उल्लेख गरेका छन ।

    ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

    उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भनेका छन् ।

    ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई  जवाफ दिन्छौं’ उनले भनेका छन् ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’

    bigyapti.jpg

    २०७८, बैशाख २६ आइतवार०५:५२:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार