नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

२०७८, बैशाख २७ सोमवार

  • 1.5K
    SHARES

  • नेपाल सुपर लिग : काठमाडौँ शीर्ष स्थानमा रहँदै प्ले अफमा

    काठमाडौँ । नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गरे । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गरे ।

    खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गरेका हुन् । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गरे ।  

    यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गरे । खेलको ४४ औंँ मिनेटमा काठमाडौंँका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुके । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन ।

    चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।  

    २०७८, बैशाख २७ सोमवार०८:२७:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार