काठमाडौं । नेकपा (एमाले) माधव कुमार नेपाल समूहका नेता घनश्याम भुसालले संसदमा अनुपस्थिति राष्ट्रीय भेलाको आदेश बमोजिम गरिएको बताएका छन् ।
२०७७ फागुन २३ गते सर्वोच्चको फैसला पश्चात प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढंगले चलेको भन्दै माधव पक्षले चैत्र ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेको थियो ।
सोही भेलाको निर्णयलाई उद्धृत गर्दै नेता भुसालले सामाजिक संजालमा लेखेका छन्, "संसदमा अनुपस्थिति चैत्र ४ र ५ गतेको राष्ट्रीय भेलाको निर्णय 'न विभाजन, न समर्पण' को अनुकुल छ ।"
उनी सहितका नेताले आज बिहान निर्णय गर्दै सांसदबाट राजिनामा नदिने तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन संसदमा अनुपस्थित हुने निर्णय गरेका थिए ।