कोरोना अपडेट: थप १०४४ जनामा कोरोना पुष्टि

कोरोना अपडेट: थप १०४४ जनामा कोरोना पुष्टि

२०७७, मंसिर २६ शुक्रवार

  • 2.0K
    SHARES

  • कोरोना अपडेट: थप १०४४ जनामा कोरोना पुष्टि

    मंसिर २६,काठमाडौं । 

    पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४१४ जनामा गरिएको परीक्षणमा १ हजार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

     यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २७१ रहेको छ भने हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ ।

     हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

     

    २०७७, मंसिर २६ शुक्रवार०४:५४:१२
    प्रतिक्रिया
    सम्बन्धित समाचार