ओलीलाई दाहालको प्रश्न : आफैँले विघटन गरेको संसदसँग मत माग्ने अधिकार छ र ?

ओलीलाई दाहालको प्रश्न : आफैँले विघटन गरेको संसदसँग मत माग्ने अधिकार छ र ?

२०७८, बैशाख २७ सोमवार

  • 1.7K
    SHARES

  • ओलीलाई दाहालको प्रश्न : आफैँले विघटन गरेको संसदसँग मत माग्ने अधिकार छ र ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही संसदबाट विश्वासको मत लिने अधिकार नभएको बताएका छन्।

    ओलीले यही संसदको आवश्यकता छैन भनेर भंग गरेको स्मरण गर्दै दाहालले आफ्नो मन्तव्यमा भने, ‘प्रधानमन्त्री ज्यू तपाइँलाई यही संसदबाट विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’

    दाहालले ओलीले संसद मरिसक्यो भने पनि संवैधानिक रुपमा बाँचिरहेको छ भन्दै आफूले आश्वासन दिएको स्मरण गरे।

    उनले भने, ‘प्रधानमन्त्री ज्यूले आफ्नो अहंकारले, गलत प्रवृत्तिले संसद मर्यो सांसदहरु मरिसके भन्नु भएको थियो, तर मैले ओलीजीले मारे पनि संवैधानिक रुपमा मरेको छैन भनेको थिएँ।’

    दाहालले ओलीले सर्वोच्चको फैसला बमोजिम ३० दिन भित्र लिनुपर्ने विश्वासको मत नलिएर विशेष अधिवेशनमा आउनुको कारण के हो ?", थप प्रश्न गरे ।

    २०७८, बैशाख २७ सोमवार०३:५४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार