काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

२०७८, बैशाख २७ सोमवार

  • 2.1K
    SHARES

  • काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

    काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश गरिएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त प्रस्तावलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।

    कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय गरेको छ ।

    २०७८, बैशाख २७ सोमवार०४:११:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार