काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्युको दर ह्वात्तै बढ्दै थप १३९ जनाको मृत्यु भएको छ ।
मन्त्रालयकानुसार आजको रेकर्डमा १३९ देखिए पनि पछिल्लो २४ घण्टामा ७४ जनाको निधन भएको छ भने थप ६५ जना अन्य छुटेको संख्या बताइएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।