काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् ।
सोमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताएका हुन् ।
सोमवार प्रतिनिधिसभामा सम्बोधनका क्रममा पनि आफ्ना आंशिक माग ओली सरकारले सम्बोधन गर्न सकेको तर अन्यले वास्तै नगर्ने प्रवृत्ति रहेको भन्दै आक्रोश पोखेका थिए ।