राजधानी उपत्यकामा जेठ १३ सम्म लकडाउन गर्ने जिल्ला प्रशासनको निर्णय

राजधानी उपत्यकामा जेठ १३ सम्म लकडाउन गर्ने जिल्ला प्रशासनको निर्णय

२०७८, बैशाख २८ मंगलवार

  • 1.5K
    SHARES

  • राजधानी उपत्यकामा जेठ १३ सम्म लकडाउन गर्ने जिल्ला प्रशासनको निर्णय

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा हुने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

    त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

    बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताए ।

    कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । त्यसपछि निषेधाज्ञा एक हप्ता थप गरेर वैशाख २९ गतेसम्म पुर्याईएको थियो ।

    निषेधाज्ञा सकिनु अघिल्लो दिन प्रजिअहरुको बैठकले १५ दिन थप गरेको हो । निषेधाज्ञामा औषधि पसल दिनभर तथा अत्यावश्यक खाद्यवस्तु र तरकारीका पसल विहान ९ बजेसम्म खोल्न पाइन्छ ।

    उपत्यकाबाट बाहिर जाने हकमा भने सम्बन्धित जिल्लाका पालिकाबाट स्विकृति लिए पछि सो को जानकारी प्रशासन कार्यालयलाई गराए पछि अनुमति पास पाउन सकिने पनि जनाईएको छ । 

    २०७८, बैशाख २८ मंगलवार०२:५४:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार