काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन अवधिभर पार्टी प्यालेसमा भोजभतेर गर्न नपाइने भएको छ ।
त्यस्तै विवाह, ब्रतबन्ध, भोज गर्नै परे घरमा गर्दा पनि १० जना भन्दा बढि सहभागी हुन नपाइने समेत प्रशासनले जनाएको छ ।
उपत्यकामा संक्रमण तिब्र गतिमा फैलिरहेकाले तिनै जिल्लाका सिडियोहरुको बैठकले थप कडाई गर्ने निर्णय गरेका हुन् ।
आजको बैठकले उपत्यकामा थप १५ दिन लकडाउन गर्दै जेठ १३ गते सम्म पुर्याईएको छ ।