सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

२०७८, बैशाख २९ बुधवार

  • 1.3K
    SHARES

  • सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

    काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

    नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । 

    विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

    विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको राससलाई जानकारी दिए ।  

    उनले कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर सङ्क्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रह समेत गरे ।

    २०७८, बैशाख २९ बुधवार०७:२९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार