कम्पाला । युगान्डाका वर्तमान राष्ट्रपति योवेरी मुसेभेनीले छैटौं कार्यकालको लागि बुधबार शपथ लिएका छन् । उनी आगामी पाँच बर्षका लागि युगाण्डाको राष्ट्रपति बनेका हुन् ।
मुख्य न्यायाधीश, अल्फोन्स चिगामोय ओउनी–डोलोले राजधानी कम्पालाको कोलोलो स्वतन्त्रता मैदानमा पूर्वी अफ्रिकी देशको राष्ट्रपतिको रूपमा मुसेभेनीलाई शपथ खुवाएका हुन् । उक्त समारोहमा आएका उनका सत्तारुढ नेशनल रेसिस्टेन्स मुभमेन्ट पार्टीका सयौं समर्थकहरूबीच इश्वरका नाममा सपथ लिएका थिए ।
“म संविधानको संरक्षण, संरक्षण र रक्षा गर्नेछु र युगान्डाको कानूनको पालन गर्ने छु र युगान्डाका जनताको हितलाई प्रोत्साहन गर्नेछु,” उनले सपथ ग्रहणपछि उपस्थित समूहलाई सम्बोधन गर्ने क्रममा भने।
उद्घाटन समारोहमा ११ अफ्रिकी राष्ट्र प्रमुखहरू, अफ्रिकी संघका वर्तमान अध्यक्ष रहेका डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोका फेलिक्स त्सेसेकेदीका साथै युगाण्डाका दर्जनौँ उच्च पदस्थ सरकारी प्रतिनिधिहरू, विभिन्न देशका कूटनीतिज्ञहरूको उपस्थिति थियो ।
सपथ ग्रहण समारोहमा कम्तिमा चार हजार पाहुनाहरुलाई समारोहमा उपस्थित हुन आमन्त्रित गरिएको थियो । मुसेभेनीले जनवरी १४ मा सम्पन्न निर्वाचनमा विजयी भएका थिए।- एजेन्सी