मंसिर २६, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
आफू कोरोनाबाट सङ्क्रमित भएको उनले केही बेर अघि सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।
पूर्व कप्तान खड्काले शुक्रवार बिहान पीसीआर परीक्षण गराएका हुन् । शुक्रवारै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए ।
कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बसेका छन् ।
उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।
यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् ।
उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित भएका हुन् ।