बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्दा लज्जित भइयो - योगेश भट्टराई 

बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्दा लज्जित भइयो - योगेश भट्टराई 

२०७८, बैशाख ३० बिहिवार

  • 1.4K
    SHARES

  • बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्दा लज्जित भइयो - योगेश भट्टराई 

    काठमाडौं । नेकपा एमाले नेता तथा सांसद योगेश भट्टराईले बिरामीका लागि न्युनतम अक्सिजन र बेड पनि दिन नसक्दा लज्जित अवस्था भनेका छन् ।

    "हरेक दिन बिरामीहरुको अकालमा मृत्‍यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरु लाचार बन्नुपरेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखि कै सरकारहरुले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको हो", भट्टराईले सामाजिक संजाल मार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

    यस्तो संवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने संभावनाप्रति सबै सचेत हुनुपर्दछ ४ बुँदे ध्यानाकर्षण सहित उनले सामाजिक संजालमा लेखेका छन् । 

    यस्ता छन् उनले सरकारको ध्यानाकर्षण गराएका ४ बुँदा :
    १. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटली लगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्ति सहित जसरी सहयोग गरेको थियो त्यसरि नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र, भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।  
    २. २०७२ को महाभुकम्प पछी जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६  बुंदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड- १९ लाई बनाउनु पर्दछ ।  
    ३.  सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।  
    ४. आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।

    २०७८, बैशाख ३० बिहिवार११:३२:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार