झाँक्रीको उद्घोष : लोकतन्त्रको रक्षाका लागि विद्रोह

झाँक्रीको उद्घोष : लोकतन्त्रको रक्षाका लागि विद्रोह

२०७८, बैशाख ३० बिहिवार

  • 1.2K
    SHARES

  • झाँक्रीको उद्घोष :  लोकतन्त्रको रक्षाका लागि विद्रोह

    काठमाडौं । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले जनता, लोकतन्त्र र संबिधानको रक्षाका लागि विद्रोहको बिकल्प नभएको बताएकी छन् । 

    नेता माधव नेपाल र अध्यक्ष केपी शर्मा ओली बिचमा समझदारी विन्दु पहिल्याउने कोशिस जारीरहँदा झाँक्रीले ट्वीट गर्दै आफ्ना धारणा राखेकी हुन् । 

    आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ झाँक्रीले भनेकी छन् ।

    ठोस लिखित सहमतिका लागि जोड दिँदै उनले लेखेकी छन्, "ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।"

    २०७८, बैशाख ३० बिहिवार०४:५२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार