बहुमतीय सरकारका लागि दावी परेन, फेरि केपी ओली नै प्रधानमन्त्री  

बहुमतीय सरकारका लागि दावी परेन, फेरि केपी ओली नै प्रधानमन्त्री  

२०७८, बैशाख ३० बिहिवार

  • 1.5K
    SHARES

  • बहुमतीय सरकारका लागि दावी परेन, फेरि केपी ओली नै प्रधानमन्त्री  

    काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतीय सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।

    प्रवक्ताले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसारका लागि समसीमाभित्र कसैको पनि दाबी पेस नभएको बताए ।  

    वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । 

    यस अघि सरकार बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहल गरे पनि निर्णाएक मानिएको जनता समाजवादी पार्टी र नेकपा एमाले भित्रको माधव नेपाल समूह तयार नहुँदा कांग्रेस गठबन्धनको सरकार बन्ने सम्भावना टरेको हो । 

    यद्यपि नेकपा एमाले एकतृत गरेर जनता समाजवादी पार्टी मिलाएर थप दुई वर्षे कार्यकालका लागि बहुमतीय सरकार बन्ने सम्भावना ओली सहितको समूहलाई भए पनि सो सम्भावना पनि टरेर गएको छ ।  

    अब राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम संसदको ठूलो दल भएका कारण नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । 

    bigyapti.jpg  

    २०७८, बैशाख ३० बिहिवार०९:५६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार