काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुनः नियुक्त हुनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दललाई आज साँझ ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरेपनि कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिनुभएको समयसीमामा अन्य दलले बहुमत पुरयाउन नसकेपछि ओलीनै प्रधानमन्त्रीमा दोहोरिनुभएको हो ।
नयाँ प्रधानमन्त्री नियुक्तीसँगै ओली आफ्नो तेस्रो कार्यालयका लागि नेपालको ४३ औं प्रधानमन्त्री बन्नुभएको हो। नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि शुक्रवार दिउँसो २ः३० मा सपथ लिने कार्यक्रम छ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका १२१ सांसद छन् ।
