साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने 

साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने 

२०७८, बैशाख ३१ शुक्रवार

  • 1.1K
    SHARES

  • साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने 

    इस्लामाबाद । साउदी अरबको नयाँ प्राबधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको ब्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

    यो प्राबधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी अरब पुग्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।

    साउदी अरबले आफ्नो मुलुकमा प्रवेश गर्नका लागि खोप लगाएको हुनुपर्ने र यदि खोप नलगाएको वा साउदी अरबले तोकेको कम्पनीको खोप नलगाएका मुलुकबाट साउदी अरब जाँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्राबधानले पाकिस्तानी यात्रुलाई साउदी अरब प्रवेशमा असहज हुने भएको छ ।

    फाइजर, अक्सफोर्ड, मोडेर्ना र जोनसन एण्ड जोन्सनको कोरोनाभाइरस खोपहरू प्रयोग गर्नका लागि राज्यले अनुमति दिएको छ भने अन्य खोपलाई मान्यता नदिने निर्णय यहाँको सरकारले गरेको हो ।

    पाकिस्तानी पत्रिका ‘द न्युज इन्टरनेसनल’ ले जनाएको छ, “बिहीबार साउदी अरबले सिफारिश खोपहरूको एक सूची जारी गरेको छ जसमा चीनमा निर्मित खोप समावेश छैन ।

    यसको अर्थ चीनमा निर्मित खोप लगाए पनि यो सिफारिस गरिएको खोप नभएकोले पाकिस्तानी यात्रुहरूले साउदी अरबमा अनिवार्य १५ क्वोरन्टिन अवधि बस्नुपर्ने छ ।” 

    क्वारेन्टिन बस्दाको खर्च यात्रुले आफैं भुक्तान गर्नुपर्ने पनि साउदी अरबले राखेको नयाँ प्राबधानमा उल्लेख छ । 

    धेरै जसो पाकिस्तानीहरूलाई चीनमा निर्मित कोरोनाभाइरस खोप लगाइएको छ । अन्य खोपलाई अनुमति नदिएपछि चिनियाँ खोप लगाएका पाकिस्तानीलाई यात्राका लागि असहज बनेको छ ।

    यो पाकिस्तानबाहेकका मुलुकका लागि पनि लागु हुनेछ र प्रस्तावित सर्तहरू मे २० देखि नै लागू गरिनेछ ।

    पाकिस्तानले फेब्रुअरी २ मा चिनियाँ सिनोफार्म कम्पनीको खोप पहिलोपटक ल्याएपछि खोप अभियान सुरु गरेको थियो । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभाबकारी रहेको अनुसन्धानहरूले देखाएका छन् । -एजेन्सी । 

    २०७८, बैशाख ३१ शुक्रवार०७:१८:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार