सपथ सँगै सचिवालय पनि पुनर्गठन

सपथ सँगै सचिवालय पनि पुनर्गठन

२०७८, बैशाख ३१ शुक्रवार

  • 3.3K
    SHARES

  • सपथ सँगै सचिवालय पनि पुनर्गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको संविधान अनुसार ४३ औं प्रधानमन्त्रीको रुपमा आज २:३० बजे सपथ ग्रहण गर्दैछन् । वर्तमान नेपालको राजनीतिमा एउटा तराजुमा ओली र अर्को तराजुमा समकालिन ५ प्रधानमन्त्री लगाएत कथित बौद्धिक जगत बस्दा पनि ओली नै भारी देखिएका छन् । उनले दुई -पाँच वर्षको मेहनतबाट यो ठाउँ प्राप्त गरेका हैनन् ।

    झापा विद्रोह र पंचायतकालिन १४ वर्षे कठोर जेलजिवन भोगेर आएका हुनाले सानातिना समस्याप्रति उनी सजिलै हडबड गर्दैनन् । अरुका आँखा नपुगेका ठाउँमा चीलले आकाशबाट भुईमा हेरेर सर्प पत्ता लगाए जस्तै कुराको चुरो पत्ता लगाउन सक्ने साधना ओलीले प्राप्त गरेका छन् ।

    त्यहि भएर गत साल कोरोनाको महामारी बढ्दै जाँदा कोरोना तहलगाउने बेसार पानीको कुरा गर्दा आलोचना खुब भएको थियो । समयान्तरमा तिनै आलोचना गरेर बस्ने कथित विद्धान भनाउँदाहरु दिउँसो-दिउँसो ओलीको गाली गर्थे र बेलुका घरमा पुगेर बेसार पानी टन्न पिएर सुत्थे । 

    यस विषयमा खोजअनुसन्धान गर्ने विज्ञहरु नै चकित बन्नु परेको अवस्था थियो । सामान्यतया लेख्न खोज्नेहो भने उनका बारेमा लेख्न एउटा विश्वविद्यालय कै जरुरत भईसकेको छ । 

    विपक्षीका नजरमा दम्भी, अहंकारी, घमण्डी देखिएता पनि यी सबै गुण ओलीले कठोर तपस्या र साधनाबाटै प्राप्त गरेका हुन् । उनका यी विशेषता नचिन्नेहरु नै उनलाई माथीका उपमाले सम्बोधन गर्दछन् । ओली साधना मात्र गर्दैनन्, १४ घण्टा भन्दा बढि अवेर रातसम्म काम, बैठक, छलफल र योजना तयार गरेर आराम साथ सुत्छन् ।

    बिहान पनि ६ बजे अगावै उठीसक्छन्, जानकार बताउँछन् । देशका लागि केही गरौं भनेर अहोरात्र लागिपरेका चारवटा मृगौला शरीरमा राखेर अगाडी बढेका प्रधानमन्त्री ओलीको सचिवालय टिम कस्तो छ ? यस बारेमा चर्चा गरौं -

    पार्टीमा आठौं राष्ट्रीय महाधिवेशनदेखि आफुलाई साथ दिएका विष्णु रिमाल प्रमुख सल्लाहकार छन् । रिमाल सल्लाहकार भएको सुरुवाती वर्षमा र कोभिड महामारीका समयमा अनावश्यक रुपमा ओम्नी काण्डमा विवादित बन्न पुगेका थिए । उनका स्थानमा बसेर काम गर्न एक दर्जन नेताहरुले आकांक्षा देखाएका भएता पनि केही खास गुण रहेकै कारणले प्रधानमन्त्रीको रोजाईमा उनी छन् । खास समयका सहयात्री रिमाललाई प्रधानमन्त्रीले धन्यवाद दिँदै नुवाकोट जिल्लामा केन्द्रीत हुँदै पार्टी काम गर्दै अगाडी बढ्न शुभकामना प्रदान गर्ने अनुमान गरिएको छ ।

    विद्यार्थी राजनीति अनेरास्ववियु सचिव हुँदै अन्तरराष्ट्रीय मामिलामा पिएचडी सम्मको अध्ययन पश्चात राजनीतिमा स्थापितहुन प्रयासरत डा राजन भट्टराई परराष्ट्र मामिला सल्लाहकार छन् । कम विवादित, सहमतिका साथ प्रतिस्पर्धात्मक राजनीतिमा काविल देखिनु पर्ने मान्यता राख्ने भट्टराई प्रधानमन्त्री ओलीका अत्यन्तै विश्वासपात्र देखिएका छन् ।

    भुमिगत आन्दोलनबाट सत्ता प्राप्त गर्न हिँडेका विप्लवसँग वार्ता गर्दै मुलधारमा ल्याउन, चुच्चे नक्साको विषयमा भारतसँग वार्ता मार्फत समस्या हल गर्न तथा जनता समाजवादी पार्टीका जायज माग सम्बोधन गराएर सत्तायात्रा अगाडी बढाउन उनको खास योगदानले उनलाई पदाधिकारीको तहमा उठान गरिदिएको छ । तसर्थ प्रधानमन्त्रीले उनलाई अझ भुमिका सहित जिम्मेवारीमा यथावत राख्ने अनुमान गर्न सकिन्छ ।

    प्रधानमन्त्री कार्यालयका सूचना निर्धक्कसँग प्रस्तुत गर्न काविल पत्रकार जो सञ्चार क्षेत्रमा रहेर लामो अनुभव प्राप्त गरेका संचारकर्मी सुर्य थापा संचार सल्लाहकार हुन् । यस अघिका संचार सल्लाहकारले प्रधानमन्त्रीका सहि सूचना सहि समयमा पठाउन नसकिरहेको जस्तो देखिएको अवस्थामा उनले सम्हालेदेखि सूचना संयन्त्रले बेजोडले कामगरेको पाइएको छ । तर अनावश्यकरुपमा नेताहरुका टिप्पणी गर्नाले सानातिना विवादमा आए पनि उनको विकल्पमा प्रधानमन्त्री नपुगिसकेको अनुमान गर्न सकिन्छ ।

    सुचनाप्रविधिका क्षेत्रमा अव्वल देखिएका अस्गर अलिका काम पनि प्राविधिक भएका कारण प्रधानमन्त्रीले ठीकै रुचाएको पाइएको छ । नियुक्ति लिँदाको सुरुवाती चरणमै अलीले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै तलव नलिने घोषणा गरेका थिए ।

    नेकपा एमाले प्रदेश नम्बर एक सम्पर्क कमिटिका अध्यक्ष इन्द्र भण्डारी प्रमुख स्वकिय सचिव हुन् । २०५३ सालदेखि स्वकिय सचिव भएर काम गरेका भण्डारी प्रधानमन्त्रीका दुखशुखका सहयोगी हुन् । यद्यपि प्रधानमन्त्री ओलीको पछिल्लो ३ वर्षे कार्यकालमा पहिलो ९ महिना भण्डारीले स्वकिय सचिवमा नियुक्ति नै पाएनन् । ९ महिना पछि नियुक्ति दिँदा अघिल्लो कार्यकालको जस्तो बेजोडढंगले उनले कार्य सम्पादन गर्न नसकेको अनुमान गरिएको छ । आफ्नो क्षेत्रको र दुखशुखको सहयात्री भएका कारण जनताबाट निर्वाचित हुने गरि पार्टी काम गर्न उनलाई पठाइन सक्ने अनुमान जानकारहरु बताउँछन् ।

    विद्यार्थी राजनीतिबाट आएका दिपेन्द्र दाहाल र राजेश बज्राचार्य प्रधानमन्त्री ओलीका नजिकका सहयोगी हुन् । उनीहरुका कामका विषयमा खासै विवाद उठेका छैनन् । 

    २०७८, बैशाख ३१ शुक्रवार०२:३१:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार