काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पोखरेल पुनः उपप्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।
आज शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्रीको सपथ खुवाउनु भएको हो ।
त्यस्तै, प्रधानमन्त्री ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । यसैगरी राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ खुवाउनु भएको थियो ।
वैशाख २७ गते बहुमत गुमाएका ओली ठूलो दलको संसदीय नेताको रुपमा बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।
राष्ट्रपति भण्डारीले बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।