कोरोना अपडेट : एकैदिन २०३ जनाको मृत्यु, ८,५२० संक्रमित

कोरोना अपडेट : एकैदिन २०३ जनाको मृत्यु, ८,५२० संक्रमित

२०७८, बैशाख ३१ शुक्रवार

  • 1.9K
    SHARES

  • कोरोना अपडेट : एकैदिन २०३ जनाको मृत्यु,  ८,५२० संक्रमित

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

    यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४,६६९ हजार पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८,५२० जनामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

    २०७८, बैशाख ३१ शुक्रवार०६:१७:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार