काठमाडौं । अरविन्द केजरीवालको दिल्ली राज्य सरकारले रामलीला मैदानमा १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ ।
केजरीवालकाअनुसार २५० बेड आजदेखि सञ्चालनमा आएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् ।
‘युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भनेका थिए ।
कोरोनाको दोस्रो लहरले दिल्लीलाई नराम्रोसँग गाँजेको थियो । मुख्यमन्त्रीले जनतालाई ढाडस दिँदै संयमित भई बस्न र सरकारका काममा विश्वास गर्न अघिल्लो हप्ता आग्रह गरेका थिए ।
हाल दिल्लीमा दैनिकरुपमा संक्रमित संख्या घटेपनि मृतक संख्या घटिरहेको छैन ।
उनका अनुसार अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने भएको छ । -एजेन्सी ।