काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयकानुसार पछिल्लो २४ घण्टामा थप ८,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ५४८ वटा स्वाब नमुना परीक्षण गरिएकोमा आठ हजार १६७ को नतिजा पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।