कास्की काँग्रेसद्वारा छुट्टै एम्बुलेन्स सञ्चालन

कास्की काँग्रेसद्वारा छुट्टै एम्बुलेन्स सञ्चालन

२०७८, जेठ २ आइतवार

  • 1.7K
    SHARES

  • कास्की काँग्रेसद्वारा छुट्टै एम्बुलेन्स सञ्चालन

    पोखरा । नेपाली काँग्रेस कास्कीले शनिवारदेखि कोरोना संक्रमितका लागि छुट्टै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

    कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महँगो शुल्कसमेत तिनुपर्ने भएकाले सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । 

    पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । 

    हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलका प्रबन्ध निर्देशक एवं काँग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई फोर्स गाडी उपलब्ध गराएका छन् । उनले गाडीको साँचो काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गरे । 

    एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिले पार्टी सचिव देवेन्द्र रानाभाटको मोबाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोबाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरी समन्वय गर्न सक्ने जनाइएको छ ।

    २०७८, जेठ २ आइतवार०६:५६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार