विवाद मिलाउन एमालेले बनायो १० जनाको कार्यदल (को को छन् कार्यदलमा ?)

विवाद मिलाउन एमालेले बनायो १० जनाको कार्यदल (को को छन् कार्यदलमा ?)

२०७८, जेठ २ आइतवार

  • 1.9K
    SHARES

  • विवाद मिलाउन एमालेले बनायो १० जनाको कार्यदल (को को छन् कार्यदलमा ?)

    काठमाडौं । नेकपा एमालेभित्र बढीहेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ।

    आज सिंहदरबारमा भएको दुई जनाको छलफलले दुबै पक्षका ५/५ नेता सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो। 

    कार्यदल टोलीमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।

    यस्तै ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

    यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने छ । 

    साथै आज ओलीसँग भएको भेटवार्तामा २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

    २०७८, जेठ २ आइतवार०३:४०:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार