नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : काँग्रेस

नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : काँग्रेस

२०७८, जेठ ३ सोमवार

  • 1.2K
    SHARES

  • नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : काँग्रेस

    काठमाडौँ । नेपाली काँग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ ।

    काँग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ ।

    काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराए । 

    उनले तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गरेका काँग्रेस संसदीय कार्यालयले जनाएको छ ।

    २०७८, जेठ ३ सोमवार०७:५८:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार