भारतमा कोभिड–१९ का संक्रमितहरु दैनिक तीन लाखबाट घटे

भारतमा कोभिड–१९ का संक्रमितहरु दैनिक तीन लाखबाट घटे

२०७८, जेठ ३ सोमवार

  • 2.0K
    SHARES

  • भारतमा कोभिड–१९ का  संक्रमितहरु दैनिक तीन लाखबाट घटे

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् ।

    यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका हुन् । सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरुमा यो संख्या घट्दै गएको देखिएको हो ।

    त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार १०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    सोमबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ७४ हजार ३९० जनाको ज्यान गएको पनि बताइएको छ ।

    मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

    गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

    भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

    तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।
    पछिल्ला केही दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या बढेसँगै ठूलो संकट बढ्दै गएको छ ।

    यो संकटको सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति र अत्यावश्यक औषधि तथा अस्पतालमा अत्यावश्यक सेवाको पनि चरम अभाव भएको छ । एजेन्सी

    २०७८, जेठ ३ सोमवार०२:०४:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार