आज राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

आज राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

२०७७, मंसिर २७ शनिवार

  • 1.4K
    SHARES

  • आज राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

    मंसिर २७, काठमाडौं ।

    नेपाल विद्युत् प्राधिकरणले आज शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

    प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो । 

    सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ ।

    प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ । 

    २०७७, मंसिर २७ शनिवार०७:०६:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार