काठमाडौं । पछिल्लो ३ दिन स्थिरजस्तै रहेको संक्रमण सोमवार ह्वात्तै बढेको छ । महामारी नियन्त्रणको क्रममा रहेको अनुमानलाई गलत साविद गर्दै संक्रमणदर बढिरहेको तथ्यांकले बताएको छ ।
सोमवार मात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित थपिएका थिए भने २१४ को निधन भएको थियो । आइतवार र शनिवार आठ हजारको हाराहारीमा संक्रमण फैलिएको थियो ।
सोमवारै स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सम्पूर्ण सामर्थ्य लगाएर काम गर्दा पनि संक्रमण आशातितरुपमा नघटेकोमा चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयकानुसार देशभर २१ जिल्ला अति उच्च जोखिमको अवस्थामा रहेका छन् । जसअनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ ।