कविता : हातमा खरानी लिनु भन्दा

कविता : हातमा खरानी लिनु भन्दा

२०७८, जेठ ४ मंगलवार

  • 3.6K
    SHARES

  • कविता : हातमा खरानी लिनु भन्दा

    तल्लो घरमा खर्ल्यांङ खुर्लुंङ आवाज
    आवाज भित्र कारूणिक चित्कार ।
    चित्कार भित्र रोदन भाव विव्हल पिडा 
    पिडालाई पखाल्न आफन्तका 
    आँखामा आँशुका वलिन्द्र धारा।

    परिवार शोकमा चुर्लुम्व डुबिरहेको
    श्रीमती भाव बिव्हल बर्बराई रहेकी
    छोरा छोरीको चिच्याहट रुवाई 
    बृद्द बुवा मृत्युलाई सराप्नु सराप्दै
    आफ्नो सन्तान गुमाउँदाको पिडा ।

    घरि घरि बेहोस हुँदै बर्वराउदै 
    काल तँ जस्तो विवेकहीनले 
    हामीलाई नलगेर हाम्रो मुटु 
    चुँडाएर कसरी रमाउन सक्छस् ?
    यी र एस्तै अनेकौं कारूणिक स्वर ।

    वायुमण्डलका काला बादलमा
    मडारिए झैँ मडारिएर आईरहँदा
    गाउँ समाज नै शोक मग्न भईरहेछ
    प्रकृतिका धेरै बिपत्तीहरु आए 
    कैयौंपटक भिषण बाढीपहिरोमा ।

    पटक पटक हिम नदीका ढुंगाहरू
    ठक्कर खाए जसरी खाँदै खाँदै
    कठिन परिस्थिति सँगै लड्दै लड्दै 
    घाम, पानी, हावा सँग पनि कुदेर
    प्रत्येक बिपत्ति सँग पनि जुधेर ।

    आफ्नै बिरासत ठड्याउन सकेको 
    आफ्नै इतिहास बनाउन सकेको 
    त्यस्ता बलवान मानिसलाई पनि 
    आँखाले सम्म पनि देख्नै नदेख्ने 
    उ आएको आवाज कानले नसुन्ने ।

    मुखमा जिब्रोले स्वाद थाहा नपाउने 
    हावा सँग साईनो र मितेरी गाँसेर 
    मानिसको शरीर भित्र सुटुक्कै पसेर
    हरेक मानिसलाई मृत्युको मुखमा
    खोजी खोजी पुर्याउने त्यो अजिब ।

    किटाणु कोरोना भाईरसबाट
    तपाइँ हामी सचेत भई जोगिएर 
    जिबनलाई बचाउन सकेनौ भने ।
    आज त्यो तल्ला घरको चित्कार 
    गाउँ भरि फैलिएर डढेलो लाग्दा ।

    खरानी हामीले हातमा लिनु भन्दा
    सबै सुरक्षाका मापदण्ड अपनाएर
    आ-आफ्नो सुरक्षा हामी आफै गरौँ 
    जीवन रहेमा सबै संसार देखिन्छ
    बाँचेर केही गरे इतिहाँस लेखिन्छ ।।

    २०७८, जेठ ४ मंगलवार०६:४८:५०

    दीपक चापागाईं

    प्रतिक्रिया
    सम्बन्धित समाचार