माधव नेपाल भन्छन् - राष्ट्रीय सभामा हाम्रो उमेद्वार डा खिमलाल देवकोटा

माधव नेपाल भन्छन् - राष्ट्रीय सभामा हाम्रो उमेद्वार डा खिमलाल देवकोटा

२०७८, जेठ ४ मंगलवार

  • 2.0K
    SHARES

  • माधव नेपाल भन्छन् - राष्ट्रीय सभामा हाम्रो उमेद्वार डा खिमलाल देवकोटा

    काठमाडौं । नेकपा एमाले एकतावद्ध बनाउने अभियानमा राष्ट्रीय सभाको उपनिर्वाचन तगारो बन्ने देखिएको छ । जेठ ६ गते हुने निर्वाचनमा एमालेकै दुईजना उमेदवार हुनाले नै समस्या बढ्ने निश्चित देखिएको हो । एमालेको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा 'बादल' छन् । त्यसै गरि माधव नेपाल समूह सहितको गठबन्धनका तर्फबाट डा। खिमलाल देवकोटा मैदानमा छन् ।

    मौन अवधि सुरु हुनु अगावै एमाले उमेदवार बादल नेता नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । भेटमा नेता नेपालले सहयोग गर्न नसक्ने बताएको उनको सचिवालयले स्पष्ट पारेको छ । “आज राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,” सचिवालयले भनेको छ ।

     त्यसपछि थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको सचिवालयल जिकिर गरेको छ । “मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ,” सचिवालयले भनेको छ ।

    नेता नेपालले यस्तो बताएपछि प्रधानमन्त्री ओली पक्ष अहिले आन्तरिक परामर्शमा जुटेको छ । "पार्टीभित्र चरम उत्कर्षमा रहेको विवाद कार्यदल गठन गरेर साम्यहुँदै गएको अवस्थामा उपनिर्वाचन पश्चात कार्यदल कामै नसकि भंग हुने त होइन !," आशंका बढेका छन् । फरक लय समातेर अगाडी बढ्दा सुन्न नचाहेको बाँसुरी बझ्नु सहि नभएको कार्यकर्ताको गुनासो देखिएको छ । यद्यपि कार्यदलले आजमात्रै आचारसंहिता लागु गर्ने निर्णय गरेपनि आचारसंहिताकै भविष्य नै के होला ?, प्रश्न उठेका छन् । 

    २०७८, जेठ ४ मंगलवार०७:५५:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार