भारतमा अहिले सम्मकै धेरैको मृत्यु, एकैदिन ४५ सयभन्दा बढीको गयो ज्यान

भारतमा अहिले सम्मकै धेरैको मृत्यु, एकैदिन ४५ सयभन्दा बढीको गयो ज्यान

२०७८, जेठ ५ बुधवार

  • 1.2K
    SHARES

  • भारतमा अहिले सम्मकै धेरैको मृत्यु, एकैदिन ४५ सयभन्दा बढीको गयो ज्यान

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

    भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा बढी ३३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या कर्नाटकमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा धेरै छ ।

    भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ । 

    भारतमा अहिलेसम्म १८ करोड ५८ लाख डोज कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।

    २०७८, जेठ ५ बुधवार०१:४५:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार