कविता - वर्तमान परिवेश 

कविता - वर्तमान परिवेश 

२०७८, जेठ ५ बुधवार

  • 4.7K
    SHARES

  • कविता - वर्तमान परिवेश 

                       (दृश्य १)
    महामारी चरण चरण गर्दै बढिराछ,
    जीवन रक्षा गर्न हम्मे हम्मे परिराछ।
    अग्रमोर्चा सम्हालेर स्वास्थकर्मीहरु,
    रात दिन खटिएका सहयोगी अरु।
    सरकार अनि व्यवस्थापक जोहो मिलाइराछ्न,
    भएसम्म सकेसम्म सहयोग दिलाइराछन।
    मनकारी धनकारी स्वयं सेवी भाछ्न,
    ग्यास,चामल आफैं बोकि झुपडीमा गाछन।
    छचल्किएर मानवता पोखिएको हुँदा,
    रोग व्याधी आधा घट्छ स्नेहले छुँदा।
    रोग व्याधी आधा घट्छ स्नेहले छुँदा।
                      (दृश्य २)
    महामारीले विश्व सारा भइसक्यो ग्रस्त ,
    गर्ने, बुझ्ने भन्नेहरु कुम्ल्याउनमै ब्यस्त ।
    टोल टोलमा प्रतिशोध र रिसीविका पोका,
    आफू पनि मर्छु भन्ने कोहि राख्दैनन् हेक्का।
    मुल्य वृद्धि गराएर आकास चुमिसक्यो,
    अक्सिजन नपाएर ज्यानै गुमिसक्यो।
    कोरोनाको नाममा कोहि राजनिती गर्छन,
    सोझा गरिब जनता चाहिँ त्यही घानमा पर्छन।
    कृत्रिम अभाव जताततै सबैलाई थाहा छ,
    चालामाला हेर्दा बरै ! लाजैमर्नु भाछ।
    चालामाला हेर्दा बरै ! लाजैमर्नु भाछ।
                       (तेस्रो दृश्य) 
    भयावह नबनोस भनी प्रार्थना गरौँ :

    -शिव प्रसाद भट्टराई 
    (रचनाकार भट्टराई खोटांग शाकेला गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय,विर्ताका प्रधानाध्यापक हुन् ।)

    २०७८, जेठ ५ बुधवार०२:४१:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार