चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

२०७८, जेठ ५ बुधवार

  • 1.2K
    SHARES

  • चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

    बेइजिङ । चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । 

    उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

    आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

    मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् । 

    सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।

    पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।- एजेन्सी ।

    २०७८, जेठ ५ बुधवार०८:१६:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार