सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त

सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त

२०७८, जेठ ६ बिहिवार

  • 1.4K
    SHARES

  • सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त

    नयाँ दिल्ली । सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाई सेवा बन्द गर्नु पर्ने बताएका थिए ।  

    भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ ।

    विदेश मन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनाधिकारिक बताएका छन् । उनले सिंगापुरस्थित भारतीय उच्चायोगले यस बिषयमा केजरीवालसँग कोरोना भाइरसको भेरियन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ । 

    विदेश मन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीट रीट्वीट गर्दै लेखेका छन्, “सिंगापुर र भारत कोभिड–१९ को लडाईँमा बलिया साझेदार हुन् । 

    लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।”

    यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाई नभएको विदेशमन्त्री जयशंकरले बताएका छन् ।- एजेन्सी । 

     

    २०७८, जेठ ६ बिहिवार०७:२०:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार