बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

२०७८, जेठ ६ बिहिवार

  • 1.2K
    SHARES

  • बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय

    ढाका । बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ । 

    बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो । 

    बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ट अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) बाट खोप किन्न मन्त्रिपरिषदको समितिले मञ्जुरी दिएको संवाददाताहरुलाई जानकारी दिए । 

    एक साता अघि चीनले सिनोफार्मको खोप बंगलादेशलाई अनुदान दिएको थियो । बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले उक्त खोप बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनलाई एक समारोहबीच हस्तान्तरण गरेका थिए ।  

    बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ । 

    भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ । सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक सिनोफार्मसँग खोप खरिद गर्ने निर्णय गरेका हुन् ।

    बंगलादेशमा गत जनवरी २८ देखि खोप अभियान शुरु भएको थियो । हालसम्म बंगलादेशका ५८ लाख २० हजार व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन् । 

    बंगलादेशमा हालसम्म सात लाख ८३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये १२ हजार २४८ जनाको मृत्यु भइसकेको छ । -एजेन्सी । 

    २०७८, जेठ ६ बिहिवार०७:२५:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार