योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त, एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त, एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

२०७८, जेठ ६ बिहिवार

  • 1.1K
    SHARES

  • योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त, एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

    काठमाडौं । राष्ट्रीय योजना आयोगको उपाध्यक्षमा पुनः डा पुष्पराज कँडेल नियुक्त भएका छन् ।

    आजै प्रधानमन्त्री  केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराए । 

    हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।

    शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेका उनका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए । 

    २०७८, जेठ ६ बिहिवार०३:०९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार