राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

२०७८, जेठ ६ बिहिवार

  • 3.0K
    SHARES

  • राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

    हेटौंडा । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् 

    निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका हुन् ।

    उनले ५०८८ मतभार पाएका छन्  । बादलले ४०१४ मतभार पाए ।

    देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

    वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।

    त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।

    राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

    २०७८, जेठ ६ बिहिवार०५:५४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार