जेठ ९ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत नलिने 

जेठ ९ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत नलिने 

२०७८, जेठ ६ बिहिवार

  • 1.1K
    SHARES

  • जेठ ९ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत नलिने 

    काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको छ ।

    प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । 

    आज बसेको बैठकले 'जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको छ,' उनले भनेका छन् ।त्यसै गरि प्रधानमन्त्रीले विश्वासको मत नलिने पनि जनाइएको छ । 

    प्रतिनिधिसभाको सदस्यले आफूमा संसद्को विश्वास रहेको आधारसहित कुनै सदस्यले दाबी गरेमा त्यस्तो सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा ५ मा लेखिएको छ, "उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।"

    २०७८, जेठ ६ बिहिवार०६:३०:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार