समय अगावै ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : नेता थापा

समय अगावै ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : नेता थापा

२०७८, जेठ ६ बिहिवार

  • 2.0K
    SHARES

  • समय अगावै ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔं : नेता थापा

    काठमाडौं । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन मन नलागे राजिनामा दिनु पर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् । 

    संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले विश्वासको मत नलिई वैकल्पिक सरकारको गठनका लागि राष्ट्रपतिलाई सिफारिस गर्न नमिल्ने थापाले जिकिर गरेका हुन् । 

    भोलि जेठ ७ गते बेलुका ५ बजे सम्म बैकल्पिक सरकार गठनका लागि समय दिइएकामा गनगन गर्न छाडेर समय अगावै ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं, थापाले भनेका छन् । 

    विहिवार साँझ सामाजिक संजालमा थापाले लेखेका छन्,"विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं। 
    सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।"

    २०७८, जेठ ६ बिहिवार१०:०७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार