कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

२०७८, जेठ ७ शुक्रवार

  • 1.3K
    SHARES

  • कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

    नयाँ दिल्ली । कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् । 

    महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् ।

    ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

    भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ सङ्क्रमित हुने गरेका छन् । 

    भारतमा विहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    सहयोग गर्ने देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी । 

    २०७८, जेठ ७ शुक्रवार०६:३८:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार