मन्त्रीद्वारा विद्यालय भवनको उद्घाटन

मन्त्रीद्वारा विद्यालय भवनको उद्घाटन

२०७७, मंसिर १४ आइतवार

  • 3.2K
    SHARES

  • मन्त्रीद्वारा विद्यालय भवनको उद्घाटन

    रसुवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिणी रसुवामा निर्माण भएको सुन्धरा माविको भवन उद्घाटन गरेका छन् ।

    भूकम्पपछिको पुनःनिर्माण अन्तर्गत जापानी सहयोग नियोग (जाइका)को करिब रू चार करोड सहयोगमा निर्माण भएको विद्यालय भवनको शनिवार मन्त्री पोखरेलले उद्घाटन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए । नयाँ निर्माण गरिएका भवनमा नौ वटा कोठा छन् ।

    सो अवसरमा मन्त्री पोखरेलले आवश्यक पूर्वाधारसहित रसुवामा प्राविधिक शिक्षालय खोल्न आफूले पहल गर्ने आश्वासन दिनुभएको अध्यक्ष कुइँकेलले बताए । उनले कालिका क्याम्पस कालिकास्थान र बच्छलादेवी आधारभूत विद्यालय बेतीनीको अवलोकन गरेका थिए । 

    २०७७, मंसिर १४ आइतवार०७:०१:५४
    प्रतिक्रिया
    सम्बन्धित समाचार