उखु कृषक फेरि आन्दोलन गर्न काठमाण्डौंमा

उखु कृषक फेरि आन्दोलन गर्न काठमाण्डौंमा

२०७७, मंसिर २७ शनिवार

  • 1.9K
    SHARES

  • उखु कृषक फेरि आन्दोलन गर्न काठमाण्डौंमा

    मंसिर २७, काठमाडौं ।

    सरकारसँग गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएको बताउँदै उखु कृषकहरूले आइतवारदेखि राजधानीमा फेरि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।

    ठीक एक वर्ष अगाडि नै काठमाण्डां केन्द्रीत आन्दोलन गरेपछि सरकारले सम्झौता गरेका थियो।

    वर्षौँदेखि चिनी उद्योगले नदिएको रकम भुक्तानी हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। त्यसबाहेक उखु खेतीसँग जोडिएका अन्य मागहरू पनि छन्।

    अहिलेको आन्दोलनमा उखु उत्पादक कृषक मात्र सहभागी हुने छन् । उखु सम्बद्ध नेपाल उखु उत्पादक महासङ्घ लगायतका संघसंस्थाहरुको सहभागिता नरहने जाइएको छ । 

    नेपालमा वर्षौँदेखि उखु कृषकहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोलन गरिरहेका छन्।

    हरेक सरकारले उखु किसानका माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने पनि गरेका छन्। तर उखु कृषकको समस्या जस्ताको तस्तै रहेको बताइन्छ।

    २०७७, मंसिर २७ शनिवार०३:३७:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार