कन्काई २०५१ व्याच समूह गठन, महामारीमा स्वास्थ्य सामग्री सहयोग गर्दै

कन्काई २०५१ व्याच समूह गठन, महामारीमा स्वास्थ्य सामग्री सहयोग गर्दै

२०७८, जेठ ९ आइतवार

  • 2.3K
    SHARES

  • कन्काई २०५१ व्याच समूह गठन, महामारीमा स्वास्थ्य सामग्री सहयोग गर्दै

    झापा । कन्काई माध्यमिक विद्यालय सुरुंगामा अध्ययन गरेका २०५१ सालको एसएलसी व्याचका विद्यार्थीहरुले 'व्याची समूह' गठन गरेका छन् ।

    शनिवार भर्चुअल विधिबाट आयोजना गरिएको भेलाले भुमि खरेलको नेतृत्वमा व्याची समूह गठन गर्ने निर्णय गरेको हो ।

    त्यसैगरि उपाध्यक्षमा केशव ढकाल, सचिव गणेश संग्रौला, सहसचिव सुमित्रा चौँलागाईँ, कोषाध्यक्ष नेत्र प्रसाद भट्टराई रहेका छन् भने सदस्यहरुमा केशव भट्टराई, पार्वती सिलवाल, तुमला ढुंगाना र सावित्रा कडरिया रहेका छन् । 

    विद्यालय तहमा निकै बेजोड मानिएको समूह उच्च अध्ययन सँगै तितरबितर भएको थियो । अध्ययन गर्दाका समयका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीको कडा निगरानी र अनुशासनका कारण आफुहरु सफल भएका सहभागीको भनाई थियो ।

    गएको मंसिरबाट एक अर्कासँग जोडिदै संगठित बनेका उनीहरुले कमिटीकै रुपमा समूहलाई अगाडी बढाएका हुन् । कमिटी बनेसँगै सामाजिक सेवामा सहभागी हुने भन्दै महामारीमा सहयोगी बन्ने उद्धेश्यले पदाधिकारी सबैले जनही रु १०००/-(एक हजार) स्वास्थ्य सामग्री किन्नका लागि सहयोगको घोषणा गरेका छन् ।

    त्यसै गरि आफ्नो व्याचका १४६ जनै साथीहरुलाई अभियानमा सरिकहुन आव्हान गर्ने समूहका अध्यक्ष भुमि खरेलले जनाएका छन् ।

    यस व्याचका प्रथम विद्यार्थी शुसिल सिटौला अमेरिकामा रहेर चिकित्साक्षेत्रमा सेवा पुर्याईरहेका छन् । 

    २०७८, जेठ ९ आइतवार०८:४७:०१

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार