चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान,सहभागितामा चुनावी सरकार गठन गर्न सकिने

चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान,सहभागितामा चुनावी सरकार गठन गर्न सकिने

२०७८, जेठ ९ आइतवार

  • 1.3K
    SHARES

  • चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान,सहभागितामा चुनावी सरकार  गठन गर्न सकिने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार  गठन गर्न सकिने स्पष्ट गरेका छन् ।

    विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले  यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।

    प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे ।

    संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गरेको धारणा उनले राखे ।  

    नेकपा (एमाले) का अध्यक्ष ओलीले निर्वाचन अगाडि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने सरकारको प्रयास हुने पनि बताए ।

    उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए । एक प्रश्नका जवाफमा उनले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट गरे ।

    २०७८, जेठ ९ आइतवार०५:००:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार