काठमाडौं । कोरोना महामारीमा संक्रमित र मृतकको संख्यामा उति ओरालो नलगेपनि शेयर बजार भने उचाई तिर लम्कँदै गएको छ ।
लकडाउनकै समयमा नेप्सेले एक पछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार नयाँ रेकर्ड राखेको छ ।
सोमबार अंकका हिसाबले ३ अंक मात्र बढेर २ हजार ८ सय २३ मा बन्द भए पनि कारोवार रकमका आधारमा नयाँ रेकर्ड कायम गरेको हो ।
आज एकै दिन १३ अर्ब १७ करोड भन्दा माथिको कारोबार भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।