काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ ।
त्यसैगरि सोहि समयमा ७,४२५ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।