काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड विरुद्धको पहिलो डोज खोपका लागि स्वेच्छिक आवेदन फाराम भर्न आग्रह गरेको छ ।
हालसम्म कोभिड विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका व्यक्तिहरुलाई फाराम भर्न मन्त्रालयले आग्रह गरेको हो । फाराम भर्ने वित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले जनाएको छ ।
यसरी आएका विवरणहरु कुन केन्द्रमा खोप लगाउन चाहेको र पालिकास्तरमा खोपसँग सम्बन्धित योजना तर्जुमा तथा संकट व्यवस्थापन गर्न प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले https://vaccine.mohp.gov.np/ वेबसाइटमा गएर आवेदन फारम भर्न अनुरोध गरेको छ ।
पूर्व दर्ता गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।