सन्दीपले नाइट राइडर्सबाट सीपीएल खेल्ने 

सन्दीपले नाइट राइडर्सबाट सीपीएल खेल्ने 

२०७८, जेठ ११ मंगलवार

  • 1.8K
    SHARES

  • सन्दीपले नाइट राइडर्सबाट सीपीएल खेल्ने 

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने निश्चित भएको सीपीएलले जनाएको हो ।

    सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले जमैका तलावाज, किट्स एन्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट  सीपीएल खेलेका थिए ।

    सन् २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ । 

    भारतीय चर्चित लिग आईपिएलबाट शुरु भएको सन्दीपको क्रिकेट यात्रा विश्वका प्राय सबै लिगमा पुगिसकेको छ ।

    २०७८, जेठ ११ मंगलवार०९:००:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार