घरमा राखेको अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

घरमा राखेको अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२०७८, जेठ १२ बुधवार

  • 1.5K
    SHARES

  • घरमा राखेको अक्सिजन सिलिन्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् ।

    तिब्र चापका बीच पनि अक्जिसनको आपूर्ति सहज हुँदा समेत व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको अधिकारीले बताएका छन् । 

    मन्त्रालयका अनुसार अहिले ३२ वटा अस्पतालमा अक्सिजन प्लान्ट र तीन अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन् ।

    सङ्क्रमणको दोस्रो लहर आइसकेपछि सरकारले ९०० अक्सिजन कन्सन्ट्रेटर र पाँच हजार अक्सिजन सिलिण्डर ल्याएको छ । मन्त्रालयले अहिले हप्तामा ७० देखि ८० टन तरल अक्सिजन भारतबाट आयात गरिरहेको छ ।

    हेर्नुहोस् मन्त्रालयको विज्ञप्तिः 

    bigyapti.jpg

    २०७८, जेठ १२ बुधवार०४:४५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार